३० जेठ २०८३, शनिबार

मार्कस र्‍यासफोर्डको सानदार प्रदर्शनसँगै बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

बैशाख २८, २०८३
काठमाडौं
मार्कस र्‍यासफोर्डको सानदार प्रदर्शनसँगै बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

स्पोटिफाइ क्याम्प नोउमा आइतबार राति भएको 'एल क्लासिको'मा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई २-० ले पराजित गर्दै बार्सिलोनाले ला लिगाको उपाधि जितेको छ।

 म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका मार्कस र्‍यासफोर्ड नायक बनेपछि बार्सिलोनाले लिगमा १४ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि सुरक्षित गरेको हो।
खेलको २० मिनेटभित्रै बार्सिलोनाले दुई गोलको अग्रता लिएको थियो। खेलको सुरुवातमै र्‍यासफोर्डले उत्कृष्ट फ्रि-किकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको केही समयमै ड्यानी ओल्मोको उत्कृष्ट 'फ्लिक'मा फेरान टोरेसले दोस्रो गोल गरे।

आन्तरिक विवाद र खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले खेलमा फर्कने खासै प्रयास गर्न सकेन। जुड बेलिङ्घमले गोल गरे पनि त्यसलाई 'अफसाइड' घोषित गरिएको थियो। यस जितसँगै बार्सिलोनाले लगातार दोस्रो पटक ला लिगाको उपाधि आफ्नो पोल्टामा पारेको छ भने रियल मड्रिडका लागि यो सिजन ट्रफीविहीन बनेको छ।

salt training

कमेन्ट गर्नुहोस्