
निर्माण व्यवसायी रमेश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।
मन्त्रालयको पत्रको आधारमा उनलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको कार्यालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
ती अधिकारीका अनुसार आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो ।