२२ जेठ २०८३, शुक्रबार

नेप्सेको पुनर्संरचना गरिने

बैशाख २८, २०८३
काठमाडौं
नेप्सेको पुनर्संरचना गरिने

सरकारले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससी प्रणालीको पुनर्संरचना गर्ने घोषणा गरेको छ । 

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै नेप्सेको पुनर्संरचना गरिने विषय उल्लेख गरे ।

यसका साथै  संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार उनले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्