२८ जेठ २०८३, बिहीबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

बैशाख ३०, २०८३
काठमाडौं
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका २ जनालाई मनोनयन गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य सुशील खड्का- बागलुङ र योगेश गौचन थकाली- मुस्ताङलाई सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा मनोनीत गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ ।​

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू:

१. नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

२. विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

३. सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

४. भूमिसम्बन्धी (एक्काइस औँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्