०१ असार २०८३, सोमबार

सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख ३०, २०८३
काठमाडौं
सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगले नगर विकास समितिका तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द (क्षत्री) र सह-लेखापाल पदमा कार्यरत खड्कबहादुर रानालाई पनि प्रतिवादी बनाएको छ ।

प्रवक्ता न्यौपानेका अनुसार सह-लेखापाल पदमा कार्यरत खड्कबहादुर रानासमेतले सटर कबल तथा जग्गा भाडा बापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा आम्दानी भएको राजस्व रकम समितिको खातामा दाखिला नगरी हिनामिना गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ, तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२ रुपैयाँ, डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ, चन्दविरुद्ध ​२ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ र रानाविरुद्ध २ करोड ९४ लाख ८७ हजार ६८१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजायको मागदाबी गरेको छ । 

तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीको मृत्यु भइसकेकाले उनकी श्रीमती सीमाकुमारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

हेर्नुहोस्, अभियोग पत्र :

salt training

कमेन्ट गर्नुहोस्