![निर्माणको सबै काम ठप्प, सडक विभागमा व्यवसायीको धर्ना [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Nirman_Byabasayi_dharna_2_DgS6E3HiMX.jpg)
निर्माण व्यवसायीहरू मूल्यवृद्धिविरुद्ध धर्नामा उत्रिएका छन् ।
उनीहरूले बिहीबार चाकुपाट ललितपुरस्थित सडक विभागमा धर्ना दिएका छन् । धर्नाअघि उनीहरू विभागमा ध्यानाकर्षण पत्र समेत बुझाए ।
इन्धनलगायत निर्माण सामग्रीमा अत्यधिक रूपमा भइरहेको मूल्यवृद्धिले सम्पूर्ण आयोजना स्वतः बन्द भएको निर्माण व्यवसायीको भनाइ छ ।
यस्तो अवस्थामा सरकारले कुनै सम्बोधन नगरेको भन्दै विरोधस्वरूप एशोसिएट सदस्य समन्वय समिति र नेपाल निर्माण व्यवसायी महासंघले धर्ना दिएको हो ।







