२५ जेठ २०८३, सोमबार

उपाधिका लागि हङकङ र नेपाल भिड्दै

जेठ २५, २०८३
काठमाडौं
उपाधिका लागि हङकङ र नेपाल भिड्दै

सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल मध्याह्न १२:१५ बजे शुरू हुनेछ।

दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेकाले उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। 

नेपालले समूह चरणमा चीनलाई २२१ रन तथा मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म १४ पटक भेट भएको छ। जसमा नेपालले ७ खेल जितेको छ भने हङकङले ५ खेल आफ्नो पक्षमा पारेको छ। दुई खेल वर्षाका कारण नतिजाविहीन बनेका थिए।

यसैबीच, प्रतियोगिताको तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्