
प्युठानमा शुक्रबार भ्यान दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा भ्यान चालक प्युठान नगरपालिका–४ का अन्दाजी २४ वर्षीय दिलीप परियार र भ्यानमा सवार मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
शुक्रबार दिउँसो माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देविस्थान–दाङ सडकखण्डमा लु.प्र. ०२००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनाग्रस्त भ्यान सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।