२४ असार २०८३, बुधबार

हुम्तोको सातौं आउटलेट ललितपुरको कुमारीपाटीमा, एक सातासम्म विशेष छुट

जेठ २, २०८३
काठमाडौं
हुम्तोको सातौं आउटलेट ललितपुरको कुमारीपाटीमा, एक सातासम्म विशेष छुट

अन्तर्राष्ट्रिय रूपमा परिचित आउटडोर स्पोर्ट ब्रान्ड ‘हुम्तो’ले काठमाडौं उपत्यकामा आफ्नो सञ्जाल विस्तार गर्दै ललितपुरको कुमारीपाटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो काठमाडौं उपत्यकाभित्रको सातौं आधिकारिक आउटलेट हो।

नयाँ शाखा कुमारीपाटीस्थित एभिन्यु ८८ मल अगाडि रहेको होटल कुमारी भवनको ग्राउन्ड फ्लोरमा सञ्चालनमा आएको हो। कम्पनीले शुक्रबारदेखि उक्त आउटलेटबाट औपचारिक बिक्री शुरू गरेको जनाएको छ

null

सन् १९८५ मा स्थापना भएको ‘हुम्तो’ विश्वभर ट्रेकिङ, हाइकिङ तथा अन्य बाहिरी साहसिक गतिविधिका लागि प्रयोग हुने सामग्री उत्पादन गर्ने प्रख्यात आउटडोर स्पोर्ट ब्रान्डका रूपमा परिचित छ। ब्रान्डले ट्रेकिङ जुत्ता, ज्याकेट, ब्याकप्याक, पाल तथा विभिन्न आउटडोर पहिरन र सामग्री उत्पादन गर्दै आएको छ।

नेपालमा ‘कुमारी इंक’ले यसको आधिकारिक बिक्रेताका रूपमा सेवा दिँदै आएको छ।

null

नयाँ शाखा सञ्चालनको अवसरमा कम्पनीले विशेष छुट योजना पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उद्घाटनको दिन ग्राहकहरूले हुम्तोका सम्पूर्ण उत्पादन खरिदमा १५ प्रतिशतसम्म फ्ल्याट छुट प्राप्त गरेका थिए ।

त्यस्तै, उद्घाटनपछिको पहिलो साता खरिद गर्ने ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

null

कम्पनीका अनुसार उक्त विशेष छुट योजना कुमारीपाटीस्थित नयाँ आउटलेटमा मात्रै लागू हुनेछ।

आउटडोर स्पोर्ट, पदयात्रा तथा साहसिक गतिविधिमा रुचि राख्ने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले गुणस्तरीय तथा टिकाउ सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा विस्तार गरिएको जनाएको छ।

हुम्तोका उत्पादनबारे थप जानकारी लिन तथा अनलाइनमार्फत खरिद गर्न इच्छुक ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइटमार्फत सेवा लिन सक्नेछन्।

 

nullnullnull

 

salt training

कमेन्ट गर्नुहोस्