
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले १७.४ ओभरमा एक सय रनको उत्कृष्ट साझेदारी गरेका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कुशल भुर्तेलले अर्धशतक बनाइसकेका छन् । उनी ५७ रन बनाउँदै क्रिजमा छन् । आसिफ शेख पनि ४२ रन बनाउँदै क्रिजमा छन् ।