२८ जेठ २०८३, बिहीबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

अमेरिकाविरुद्ध आसिफ शेखले पनि बनाए अर्धशतक, नेपाल जिततर्फ अग्रसर

जेठ २, २०८३
काठमाडौं
अमेरिकाविरुद्ध आसिफ शेखले पनि बनाए अर्धशतक, नेपाल जिततर्फ अग्रसर

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतक बनाएका छन् ।

आसिफ शेखले ६७ बलको सामना गरी सात चौकाको मद्दतले ५१ रन बनाएका हुन् । २४ वर्षीय आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो ।

कुशल भुर्तेल र आसिफ शेखले २३.२ ओभरमा ओपनिङ विकेटका लागि एक सय २० रनको साझेदारी गरिसकेका छन् । यसअघि कुशलले पनि अर्धशतक पूरा गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलले १० औं अर्धशतक प्रहार गरेका हुन् । कुशल भुर्तेल ६८ रन बनाउँदै क्रिजमा छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

टोलीको हौसला बढाउन सरकारको प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि कीर्तिपुर रंगशालामा उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्