२९ असार २०८३, सोमबार

विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

जेठ ४, २०८३
काठमाडौं
विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्‌घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो ।

महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

स्वास्थ्यमन्त्रीको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्