
प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
उनले मंगलबार साँझ सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
शपथ ग्रहणपछि प्रधानन्यायाधीश डा. शर्मा शीतलनिवासमा बाट सिधै सर्वोच्च अदालत पुगेका हुन् ।