
चीनले अमेरिकी विमान कम्पनी बोइङबाट २०० विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत हप्ता बेइजिङमा भेट भएपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने घोषणा गरिएको थियो ।
सम्झौताअन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्टपुर्जा र अन्य आवश्यक कम्पोनेन्टहरूको आपूर्ति ग्यारेन्टी गर्ने चीनको वाणिज्य मन्त्रालयले जनाएको बीबीसीलेजनाएको छ ।
दुई देश गत अक्टोबरमा रोक्न सहमत भएको कर युद्धलाई बढाउने दिशामा काम गर्न पनि सहमत भएका छन् । यसका साथै, दुवै पक्षले कम्तिमा ३० अर्ब डलर मूल्यका सामानहरूमा कर घटाउने प्रयास गर्नेछन् ।
यो घोषणा सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेको बेला आएको हो । 'हामीले २०० भन्दा बढी बोइङ विमानको सम्झौतासहित धेरै उत्कृष्ट व्यापारिक सम्झौताहरू गरेका छौं,' ट्रम्पले गत शुक्रबार चीन प्रस्थान गरेपछि एयर फोर्स वानमा सवार पत्रकारहरूलाई भनेका थिए, 'हामीले ७५० वटा विमान खरिद गर्ने वाचा पनि सुरक्षित गरेका छौं, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुन सक्छ।'