०९ साउन २०८३, शनिबार

इरानी जेलमा रहेका नेपाली अमृत झाको रिहाइका लागि ५५ लाख धरौटी माग

जेठ ६, २०८३
काठमाडौं
इरानी जेलमा रहेका नेपाली अमृत झाको रिहाइका लागि ५५ लाख धरौटी माग

इरानी जेलमा रहेका नेपाली अमृत झाको पछिल्लो अवस्थाका विषयमा परिवारले जानकारी गराएको छ । 

इरानी अधिकारीहरूले अमृतको रिहाइका लागि ५५ लाख नेपाली रुपैयाँ धरौटी माग गरेको परिवारले जानकारी गराएको हो ।

 यति ठुलो रकम सामान्य आर्थिक अवस्था भएको आफूहरुको पहुँचभन्दा निकै बाहिर रहेकाले स्वदेश फर्काउन परिवारले सहयोगको अपिल गरेको छ।

अमृतकी बहिनी पूजा झाले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गर्दै सीमा र राष्ट्रियताभन्दा माथि उठेर मानवताको नाताले सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छन्।

पराई देशमा असहाय बनेका एक नेपाली युवालाई बचाउन र उनलाई पुनः आफ्नै परिवारसँग पुनर्मिलन गराउनका लागि सानो-ठुलो जस्तो सुकै आर्थिक सहयोग पनि अमृतका लागि जीवनदान सावित हुन सक्ने उनको भनाइ छ।

यस विषम परिस्थितिमा अमृतलाई सहयोग गर्न चाहनेहरुले सिद्धार्थ बैंक लिमिटेडको खाता उपलब्ध गराएको छ। इच्छुक व्यक्तिहरूले कुमारीपाटी शाखामा रहेको पूजा झाको नामको खाता नम्बर ०१८२०७१९४५० मा सिधै रकम जम्मा गर्न सक्ने अपिलमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्