२८ जेठ २०८३, बिहीबार
नारावाजीबीच चल्यो संसद्

विपक्षी दलको नारावाजीबीच सभामुखले चलाए संसद्, छलफल नै नगरी प्रस्ताव स्वीकृत

जेठ ७, २०८३
काठमाडौं
विपक्षी दलको नारावाजीबीच सभामुखले चलाए संसद्, छलफल नै नगरी प्रस्ताव स्वीकृत

नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको विरोध र नारावाजीकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक चलाएका छन् ।

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्नुपर्ने मागसहित विपक्षी दलले विरोध गरेपछि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो ।

दोस्रो बैठकमा विपक्षी दलको नारावाजीकाबीच सभामुखले कानून मन्त्रीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

विपक्षीको नारावाजीबीच सभामुखले छलफलका लागि सांसदको नाम मागे । तर, कसैले टिपाएनन् ।

त्यसपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ पेस गरे । विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

विपक्षी सांसदले भने संसदीय मर्यादा कायम गरियोस् भन्दै संसद्को वेलमा नारावाजी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्