
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद्मा आएर सम्बोधन गरिदिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आग्रह गरेकी छन् ।
उनले प्रधानमन्त्री नआएको भनेर विपक्षी दलले संसद् अवरोध गरिरहेको भन्दै एकपटक संसद्मा आएर सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालमार्फत् अनुरोध गरेकी हुन् ।
‘प्रधानमन्त्री आउनुभएन भनेर २ घण्टासम्म संसद् अवरुद्ध । एकपल्ट प्रधानमन्त्रीज्यूले संसद्मा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी संसद्हरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो ?’, सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
उनले सदनबाहेक आफूहरूको परिवार र त्यसको पनि जिम्मेवारी रहेको उल्लेख गरेकी छन् ।
‘विपक्षी हरेक दिन उभिरहन्छ, विरोध गरिरहन्छन्, त्यसरी विरोध गरेपछि सदन चल्दैन रहेछ । अनि ३ घण्टामा सकिने सदन ६ घण्टासम्म सकिँदैन । सदन बाहेक हाम्रो परिवार पनि छ र जिम्मेवारी पनि छ’, सांसद तामाङले आफ्नै पोस्टको कमेन्ट बक्समा थप लेखेकी छन् ।