२७ जेठ २०८३, बुधबार

पूर्वअर्थमन्त्रीहरूसँग अर्थमन्त्री वाग्लेको भेट, बजेटका विषयमा लिए सुझाव

जेठ ७, २०८३
काठमाडौं
पूर्वअर्थमन्त्रीहरूसँग अर्थमन्त्री वाग्लेको भेट, बजेटका विषयमा लिए सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्वअर्थमन्त्रीसँग नयाँ बजेटका विषयमा सुझाव लिएका हुन् । 

त्यसक्रममा अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्रीहरूका अनुभव अनुशरण गर्ने बताए । 

‘बजेटको अन्तिम समयमा छु । तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो । अब मलाई नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाउँ । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौं’, अर्थमन्त्री वाग्लेले भने । 

उनले अघिल्ला अर्थमन्त्रीहरूका पालामा राजनीतिक परिस्थिति अनुकूल, प्रतिकूल जस्तो भए पनि सबैको उद्देश्य देश र जनताका लागि राम्रो गर्ने रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ । 

‘भलै त्यो बेलाको राजनीतिक परिस्थिति कति अनुकूल थिए कति प्रतिकूल । तर, उद्देश्य सबैको पवित्र र एउटै थियो- देश र जनताका लागि राम्रो गर्ने । तर,परिस्थितिले त्यो कति सफल भयो कति सफल भएन समीक्षाको विषय छ’, अर्थमन्त्री वाग्लेले भने, ‘नयाँ परिस्थितिमा अब हामी आएका छौं । हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने हो । मैले पटक-पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै समृद्धि हासिल गर्ने हो ।’

salt training

कमेन्ट गर्नुहोस्