२४ जेठ २०८३, आइतबार

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

जेठ ८, २०८३
काठमाडौं
हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेश प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उन भने, पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, भरुवा बन्दुक २१ थान, बन्दुक एक थान र एयरगन दुई थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ ।

यसैगरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउन्डसमेत बरामद भएको जनाएको छ ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील रहेको प्रवक्ता काफ्लेले बताए ।

अवैध हतियार कतै लुकाइ राखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन नेपाल प्रहरी सबैमा आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्