२१ जेठ २०८३, बिहीबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला : भीष्मप्रतिज्ञा- इतिहास, दर्शन र विज्ञानको कसीमा [भिडियो]

जेठ ९, २०८३
काठमाडौं

प्राय: हामी भन्ने गर्छौँ जीवन जाओस् तर वचन नजाओस् । कुरा त ठीकै हो । वचन भनेको सरस्वतीको वाणी हो, दुरुपयोग गर्नुहुँदैन ।

पूरा गर्न नसक्ने वाणी बोल्नुहुन्न, बोलेपछि चाहे जेसुकैहोस् पूरा गर्नै पर्दछ तर यो भनाइ जति आदर्श छ त्यति नै व्यावहारिक पनि छ त ?

कतिपय अवस्थामा यसले यस्तो अकल्पनीय सङ्कट पनि निम्त्याउँछ कि उदाहरणका लागि महाभारतका पात्र भीष्म र उनले खाएको कसमलाई लिन सकिन्छ ।

भीष्मले बाबु शन्तनुलाई सत्यवतीको साथमा विवाह गराउन आजीवन अखण्ड ब्रह्मचर्यमा रहने कसम खाएका थिए भने आजीवन त्यसैमा अडिग पनि रहेका पनि थिए तर, त्यसैको कारण पछि हस्तिनापुर राज्यले कति ठूलो मूल्य चुकाउनुपर्‍यो जगजाहेर छ ।

यसको अर्थ यो होइन बोलेका कुरा पूरा नगरे पनि हुन्छ । हो गर्नुपर्छ तर यदि त्यही बोली देश र समाजका लागि घातक हुन्छ भने पुनर्विचार पनि गर्नुपर्ने हुन्छ ।

भीष्मको प्रतिज्ञाले हामीले यही सन्देश दिएको छ । आजको भिडियोमा हामीले यसैलाई ऐतिहासिक, दार्शनिक र वैज्ञानिकरूपमा विश्लेषण गर्ने प्रयास गरेका छौँ ।

salt training

कमेन्ट गर्नुहोस्