२३ जेठ २०८३, शनिबार

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

जेठ ९, २०८३
काठमाडौं
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छिन् ।

स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भाग लिनेक्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताएकी हुन् ।

उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनुभएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैं सक्षम हुनुपर्ने अवस्था रहेको बताइन् ।

छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताले बताएकी उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्