![दरबारमार्ग स्ट्रिट फेस्टिभलमा रमाए बालकदेखि युवासम्म [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Durbarmarg_Street_Festivel_1_fah7ZAJP3P.jpg)
राजधानी काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा शनिबार १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना भएको छ । यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा कार्यक्रमलाई ‘एक्सट्रिम स्याटर्डे’ नाम दिइएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवअन्तर्गत बालबालिकाका लागि विभिन्न खेल, ३x३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथको व्यवस्था गरिएको छ । त्यस्तै, विभिन्न स्वादका खाना तथा पेय पदार्थका स्टल पनि रहेको छ ।

सांगीतिक कार्यक्रमतर्फ मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे र कलाकारहरूको प्रस्तुति भइरहेको छ । कार्यक्रममा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर तथा गन एल्भिसको प्रस्तुति रहने छ ।














