२५ जेठ २०८३, सोमबार
एमाले सचिवालय बैठक

बहुसंख्यकले राजीनामा मागेपछि ओलीको जवाफ- मलाई सम्झाउनु पर्दैन, सहमति भए पनि नभए पनि छाड्दिनँ

जेठ ९, २०८३
काठमाडौं
बहुसंख्यकले राजीनामा मागेपछि ओलीको जवाफ- मलाई सम्झाउनु पर्दैन, सहमति भए पनि नभए पनि छाड्दिनँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षबाट राजीनामा नदिने बताएका छन् ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताएका हुन् ।

‘तपाईंहरूले मलाई सम्झाउनुपर्दैन । सहमति भए पनि, नभए पनि म छाड्दिनँ । के गर्नुहुन्छ ?’, बैठकमा ओलीको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने ।

शनिबार एमाले अध्यक्ष ओलीको निवास गुन्डु भक्तपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्गठन गरेर जानुपर्ने बताएका थिए ।

उनीहरूले ओलीबाट अब पार्टी नचल्ने भन्दै मार्गप्रशस्त गर्न सुझाएका थिए । महासचिव शंकर पोखरेलले पनि शुक्रबार उपाध्यक्षहरूकै भनाइमा लय मिलाएर ओलीको बहिर्गमन हुनुपर्ने संकेत गरेका थिए ।

‘महासचिवले पनि हिजो उपाध्यक्षहरूले बोलेकै लाइनमा बोल्नुभयो । उहाँले राजीनामा भन्ने शब्द त प्रयोग गर्नुभएन तर अब अहिलेकै नेतृत्वबाट पार्टी नचल्ने भन्दै पुनर्गठन गर्नुपर्ने कुरा राख्नुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने ।

शनिबारको बैठकमा सचिव महेश बस्नेतले मात्र अध्यक्ष ओलीको बचाउ गरेका थिए । उनले ओलीको राजीनामा माग्ने नेताहरूलाई ‘अपराधी’को संज्ञासमेत दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्