२५ असार २०८३, बिहीबार

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता थिएः पूर्वराष्ट्रपति भण्डारी

जेठ ९, २०८३
काठमाडौं
मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता थिएः पूर्वराष्ट्रपति भण्डारी

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।

मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिद्वारा आज काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन केवल राजनीतिक नेतृत्वकर्ता मात्र नभई जनताको आकाङ्क्षा, लोकतान्त्रिक मूल्य र राष्ट्रिय आवश्यकतालाई राजनीतिक कार्यक्रममार्फत संस्थागत गर्न सक्ने विशिष्ट चिन्तक भएको बताइन् ।

उनले भनिन्, “जननेता मदन भण्डारी सामान्य राजनीतिक नेता मात्रै थिएनन्, विचार निर्माण गर्ने एक प्रखर नेताका रूपमा परिचित व्यक्तित्व थिए । उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएका थिए ।”

जननेता मदन भण्डारीका विचार, राजनीतिक योगदान तथा सञ्चारमैत्री व्यक्तित्वमाथि केन्द्रित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस गरिएको थियो । कार्यक्रममा राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी, युवा तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा जननेता मदन भण्डारीको राजनीतिक जीवन, उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज), मिडियासँगको सम्बन्ध तथा समकालीन राजनीतिमा उनका विचारहरूको सान्दर्भिकताबारे व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि जननेता मदन भण्डारीको राजनीतिक दूरदृष्टि, वैचारिक स्पष्टता तथा मिडियासँगको सकारात्मक सम्बन्धको चर्चा गरेका थिए । वक्ताहरूले आजको राजनीतिक परिवेशमा पनि मदन भण्डारीका विचार र अभिव्यक्तिको शैली युवापुस्ताका लागि प्रेरणादायी रहेको धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्