२६ जेठ २०८३, मंगलबार

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल

जेठ १०, २०८३
काठमाडौं
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताएका छन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाडौं महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् । 

null

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए ।

मन्त्रालयको कार्यप्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोतसाधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे ।

यसअघि सबै विद्यालयलाई समाज बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोहीअनुरूप बजेट पठाइने उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्