१३ असार २०८३, शनिबार

रास्वपाले सार्वजनिक गर्‍यो प्रथम महाधिवेशन तयारी कार्यतालिका

जेठ १०, २०८३
काठमाडौं
रास्वपाले सार्वजनिक गर्‍यो प्रथम महाधिवेशन तयारी कार्यतालिका
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।

स्वीकृत कार्यतालिका अनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ ।

यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश हुनेछन् ।

यस्तै जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए ।

रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्