
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको धेरै प्रशंसा गर्ने र भारतले अमेरिकालाई विश्वास गर्न सक्ने बताएका छन् । अमेरिकाको २५० औं स्वतन्त्रता दिवस मनाउन नयाँ दिल्लीमा एक समारोह आयोजना गरिएको थियो । यस क्रममा अमेरिकी राजदूत सर्जियो गोरले प्रत्यक्ष कलमार्फत ट्रम्पलाई समारोहमा जोडे।
ट्रम्पले फोनमा भने, 'मलाई प्रधानमन्त्री मोदी मन पर्छ। उहाँ अद्भुत हुनुहुन्छ, उहाँ मेरो साथी हुनुहुन्छ। म भन्न चाहन्छु, तपाईंहरू धेरै राम्रो हुनुहुन्छ। भारत र अमेरिका कहिल्यै यति नजिक थिएनन्। भारतले मलाई र हाम्रो देशलाई १०० प्रतिशत विश्वास गर्न सक्छ। हामी राम्रो गरिरहेका छौं, हामी रेकर्डहरू स्थापित गरिरहेका छौं । हाम्रो अर्थतन्त्र रेकर्ड स्तरमा छ, हाम्रो शेयर बजार रेकर्ड स्तरमा छ । म प्रधानमन्त्री मोदीको ठूलो प्रशंसक हुँ।'
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र प्रधानमन्त्री मोदीले मे २३ मा भेटेका थिए । त्यसबेला सर्जियो गोरले रुबियोले राष्ट्रपति ट्रम्पबाट प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउस भ्रमणको आधिकारिक निमन्त्रणा पठाएको बताएका थिए ।