
ललितपुरको हरियालीयुक्त हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए)ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
हरित वातावरण, प्रविधि सम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत् एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाको रूपमा स्थापित गरेको छ।
सन् १९८१ मा स्थापना भएको यो प्रतिष्ठित शिक्षालयले समयअनुसार शिक्षण पद्धति र प्रविधिमा नवप्रयोग गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ अध्याय थपेको छ । सन् १९९७ देखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको एलएले हाल स्नातक तहसम्मका कक्षा सञ्चालन गर्दै आएको छ ।
स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको एलए पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये लगातार स्थान सुरक्षित गरिरहेको छ।
‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने मूलमन्त्रका साथ एलएले विद्यार्थीलाई संस्कारयुक्त र प्रविधिमैत्री शिक्षा दिने लक्ष्य लिएको छ। पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय सन्दर्भअनुसार अद्यावधिक गर्दै गुणस्तरीय शिक्षालाई सधैं प्राथमिकतामा राखिएको छ।
शान्त र स्वच्छ वातावरण, गुणस्तरीय भौतिक पूर्वाधार, स्मार्ट कक्षा, उत्कृष्ट आवासीय व्यवस्था, फराकिलो खेलमैदान र समग्र विकासमा केन्द्रित शैक्षिक संरचनाले एलएलाई पृथक बनाएको छ। कक्षा ११ र १२ अन्तर्गत साइन्स, मेनेजमेन्ट तथा ‘ए लेभल’ कार्यक्रम सञ्चालन गर्दै आएको एलएले शैक्षिक उत्कृष्टता र विद्यार्थीको सम्पूर्ण विकासमा विशेष जोड दिएको छ।
शैक्षिक सफलता मात्र होइन, विद्यार्थीको मानसिक, शारीरिक र सामाजिक विकासमा समेत ध्यान दिँदै लिटिल एन्जल्स स्कूल आजको दिनमा हजारौँ विद्यार्थी र अभिभावकका लागि भरपर्दो गन्तव्य बन्न सफल भएको छ।