३१ असार २०८३, बुधबार
प्रधानमन्त्रीको भ्रमण कहिले ?

रास्वपा सभापति लामिछाने भारत जान लागेको विषयसँग प्रधानमन्त्रीको साइनो छैन- सरकारका प्रवक्ता

जेठ ११, २०८३
काठमाडौं
रास्वपा सभापति लामिछाने भारत जान लागेको विषयसँग प्रधानमन्त्रीको साइनो छैन- सरकारका प्रवक्ता

नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जान लागेको विषय प्रधानमन्त्रीको भ्रमण नभएको कुरासँग कुनै साइनो नभएको बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो सय दिनको काममा फोकस भएकाले विदेश भ्रमणमा नगएको उनको भनाइ छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री पोखरेलले रविको भ्रमणसँग बालेनको साइनो नभएको बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूको भारत जाने समय या जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, विदेश कहीँ पनि गइराख्नु भएको छैन । सरकारको पहिलो सय दिनको कार्यव्यस्तता बढी छ, काममा फोकस छौं’, बालेन नगएपछि रवि भारत जान लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने, ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीको त्यससँग केही सम्बन्ध छैन ।’

रास्वपा सभापति लामिछाने जेठ १८ देखि भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । लामिछानेले भारतमा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने सम्भावना छ ।

फागुन २१ को चुनावपछि सरकारको नेतृत्वकर्ता दल रास्वपा सभापतिले गर्न लागेको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्