३० जेठ २०८३, शनिबार

करिब २४ लाख किसान सूचीकरणमा

जेठ १३, २०८३
काठमाडौं
करिब २४ लाख किसान सूचीकरणमा

करिब २४ लाखको हाराहारीमा किसनाहरू सूचीकृत भएका छन् । 

किसानको अलग अलग पहिचान गरी कृषि अनुदानका कार्यक्रमलाई व्यवस्थित गर्न, कृषिसम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न र कृषकले प्राप्त गर्ने सुविधाको दोहोरोपना न्यूनीकरण गर्न किसान सूचीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

सोही अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर २३ लाख ८३ हजार भन्दा बढी घरधुरी किसान सूचीकृत भएका छन् । 

यसका साथै हालसम्म ७५३ पालिकामध्ये ६० पालिकामा कृषक घरधुरी सूचीकृत गर्ने कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्