२४ जेठ २०८३, आइतबार

जीडीपीमा सबैभन्दा ठूलो हिस्सा बागमती र कम कर्णाली प्रदेशको

जेठ १३, २०८३
काठमाडौं
जीडीपीमा सबैभन्दा ठूलो हिस्सा बागमती र कम कर्णाली प्रदेशको

कूल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी र सबैभन्दा कम कर्णाली प्रदेशको रहने प्रक्षेपण गरिएको छ । 

चालु आर्थिक वर्ष २०८२/८३ मा देशको कूल गार्हस्थ उत्पादन ६६ खर्ब ९ करोड पुग्ने अनुमान गरिएको छ । जसमध्ये बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहने बुधबार सार्वजनिक आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा प्रदेशगत योगदान हेर्ने हो भने सुदूरपश्चिम प्रदेशको ७ प्रतिशत, कर्णालीको ४.२ प्रतिशत, कोशीको १५.८ प्रतिशत, लुम्बिनीको १४.२ प्रतिशत, गण्डकीको ९ प्रतिशत, बागमतीको ३६.७ र मधेश प्रदेशको १३.१ प्रतिशत रहने अनुमान गरिएको हो । 

चालु आर्थिक वर्ष सबै प्रदेशको आर्थिक वृद्धिदर बढ्ने अनुमान छ । बागमती प्रदेश र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८५ प्रतिशत भन्दा कम रहने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्