२२ असार २०८३, सोमबार

वीरगञ्ज नाकाबाट भित्रियो एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ

जेठ १४, २०८३
काठमाडौं
वीरगञ्ज नाकाबाट भित्रियो एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने ६ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।  

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने ६ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातबाट ६७ अर्ब १९ करोड राजस्व संकलन गरेको बताए । 

चालु आवको १० महिनामा एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो । 

३५ अर्ब ७९ करोड मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने  ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो । 

चालु आवको १० महिनामा २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ । जबकी गत आवका १० महिनामा भने ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्