१४ असार २०८३, आइतबार

११ र १२ को छात्रवृत्तिका लागि सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने

जेठ १४, २०८३
काठमाडौं
११ र १२ को छात्रवृत्तिका लागि सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का छात्रवृत्तिका लागि सञ्चालन हुने छनोट परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने जनाएको छ । आवेदन दिएका २६ हजार ८८८ जनामध्ये २०८ जनाको फाराम अस्वीकृत भएको शिक्षा विभागले जनाएको छ ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति छनोट परीक्षा आगामी जेठ १७ गते ८३ वटा केन्द्रमा सञ्चालन हुनेछ । परीक्षार्थीले आवेदन दिएकै प्रणालीबाट प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षामा सहभागी हुँदा प्रवेशपत्रसँगै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ । परीक्षा निष्पक्ष र व्यवस्थित बनाउन केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकिएको शिक्षा विभागले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्