
सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिदिएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
‘आयकरको सीमा व्यक्तिगत आयकरको सीमा दोब्बर गरी व्यक्तिका लागि दोब्बर गरेको छु’, अर्थमन्त्री वाग्लेले भने, ‘त्यस्तै व्यक्तिगत आयकरको अधिकतम विन्दुलाई १० प्रतिशतले घटाएको छु । २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु ।’
विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरेको उनले बताए ।
‘भन्सार विन्दुमा संकलन हुने, पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार जस्ता करलाई एकीकृत गरि हरित करमा समाहित गरेको छु’, अर्थमन्त्री वाग्लेले भने ।