२९ असार २०८३, सोमबार

काठमाडौंमा स्मार्ट अर्बन मोबिलिटी, पोखरामा विद्युतीय बस प्रणाली विस्तार गरिने

जेठ १५, २०८३
काठमाडौं
काठमाडौंमा स्मार्ट अर्बन मोबिलिटी, पोखरामा विद्युतीय बस प्रणाली विस्तार गरिने

सरकारले काठमाडौंको समग्र शहरी विकासअन्तर्गत विद्युतीय सार्वजनिक बस सञ्चालनसहित स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम अघि बढाउने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले काठमाडौंमा चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली र स्मार्ट बस पार्कसहितको शहरी यातायात प्रणाली विकास गरिने जानकारी दिए ।

यस्तै, पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने गरी इ–मोबिलिटी प्रणाली विकास गरिने घोषणा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्