२६ असार २०८३, शुक्रबार

सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने, ‘शालिग्राम पथ’ निर्माणको घोषणा

जेठ १५, २०८३
काठमाडौं
सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने, ‘शालिग्राम पथ’ निर्माणको घोषणा

अर्थमन्त्री स्वर्णिम वाग्लेले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गर्ने कार्य शुरू गरिने घोषणा गरेका छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कालिगण्डकी सभ्यतासँग जोडिएको क्षेत्रलाई तीर्थाटन तथा स्वच्छ उद्यम व्यवसाय केन्द्रित ‘गण्डकी चतुर्भुज’का रूपमा विकास गरिने बताएका हुन् ।

उनले त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागवेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ निर्माण गरिने घोषणा गरे ।

अर्थमन्त्री वाग्लेका अनुसार गण्डकी सभ्यतासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई जोडेर पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित उक्त कार्यक्रम अघि बढाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्