
सरकारले चालु आर्थिक वर्षमै कम्तिमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसै वर्ष २७५ वटा सडक पुल निर्माण गरिने जानकारी दिएका हुन् ।
सडक तथा पुलको स्तरोन्नतिका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले बताए।
सरकारले सडक सञ्जाल विस्तार तथा यातायात पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको जनाएको छ।