
झापामा बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनी बगिरहेको पानीमा ढाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार सेतो प्लाष्टिकको बोराको पोको शङ्कास्पद अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको छ ।
रातो भेस्ट र जिन्सको पाइन्ट लगाएको अन्दाजी ३०/३२ वर्षको जस्तो देखिने महिलाको सनाखत हुन सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।