०७ असार २०८३, आइतबार

गणतन्त्रलाई नागरिकको तन्त्र बनाउन कांग्रेस दरिलोसँग उभिनुपर्छ : गगन थापा

जेठ १६, २०८३
काठमाडौं
गणतन्त्रलाई नागरिकको तन्त्र बनाउन कांग्रेस दरिलोसँग उभिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले गणतन्त्रलाई नागरिकको तन्त्र बनाउन दरिलोसँग उभिनुपर्ने बताएका छन् ।

नेपाल थारू संघको पहिलो महाधिवेशनको उद्‌घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै सभापति थापाले राष्ट्र र राष्ट्रियताका विषयमा कांग्रेस सरकारको पक्षमा रहेको बताए । 'यो संविधान भित्र बसेर सरकारले नागरिकका पक्षमा जति पनि काम गर्छ, ती कामहरूमा सरकारलाई हाम्रो साथ र समर्थन रहन्छ, दिनु हाम्रो जिम्मेवारी हो, हामीले यसरी नै बुझ्छौं अपोजिसनको रोललाई,' उनले भने, राष्ट्रहितका सवालमा- जहाँ राष्ट्रियताको, अखण्डताको कुरा आउँछ, नेपालको विदेश नीतिको कुरा आउँछ, अरू देशसँगको सम्बन्धको कुरा आउँछ, त्यो बेला सरकारसँग हाम्रो मित्रको सम्बन्ध रहन्छ, साथीको सम्बन्ध रहन्छ, सरकारलाई अप्ठ्यारोमा पार्दैनौं ।'

नागरिकको आक्रोशको बलमा बनेको सरकारले गणतन्त्रलाई 'गाइडेड' तन्त्रतर्फ लैजान लागेको तर्फ उनले आशङ्का व्यक्त गरे । 'यो संविधानले नेपालमा गणतन्त्रको स्थापना गरेको छ, गणतन्त्र नागरिकको तन्त्रजस्तो भएन, नेताको तन्त्रजस्तो भयो, यसलाई सुधार्नुपर्छ भनेर नागरिकको आक्रोशको बलमा बनेको सरकारले गणतन्त्रलाई गाइडेड तन्त्रतर्फ लैजान लागेको त होइन भन्ने आशङ्का उत्पन्न भएका छन्,' उनले भने, 'अब कांग्रेस दह्रोसँग उभिनुपर्छ, गणतन्त्रलाई नागरिकको तन्त्र बनाउनेतर्फ काम गर्नुपर्छ ।'

कमेन्ट गर्नुहोस्