२३ जेठ २०८३, शनिबार

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

जेठ १६, २०८३
ललितपुर
किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

ललितपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- २२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साह छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रमेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्