
तुलसा कलेक्सनमा नाममा गठी गरेको आरोपमा तुलसा अधिकारी भनिने टिकटकर तुलसी अधिकारी पक्राउ परेकी छन् ।
उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनीविरुद्ध हनि ट्रयापको समेत आरोप लागेको थियो ।
थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । उनी चीनबाट थाइल्याण्ड पुगेकी थिइन् । सोही क्रममा उनलाई थाइल्याण्डमा पक्राउ गरिएको हो ।
अधिकारी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।
अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।
उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अधिकाविरुद्ध २०८२ चैतमा अदालतमा मुद्दा दायर गरेको थियो ।