२४ जेठ २०८३, आइतबार

थाइल्याण्डमा पक्राउ परिन् टिकटकर तुलसा अधिकारी

जेठ १७, २०८३
काठमाडौं
थाइल्याण्डमा पक्राउ परिन् टिकटकर तुलसा अधिकारी

तुलसा कलेक्सनमा नाममा गठी गरेको आरोपमा तुलसा अधिकारी भनिने टिकटकर तुलसी अधिकारी पक्राउ परेकी छन् ।

उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनीविरुद्ध हनि ट्रयापको समेत आरोप लागेको थियो । 

थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी गौतम मिश्रले  जानकारी दिए । उनी चीनबाट थाइल्याण्ड पुगेकी थिइन् । सोही क्रममा उनलाई थाइल्याण्डमा पक्राउ गरिएको हो । 

अधिकारी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।

उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अधिकाविरुद्ध २०८२ चैतमा अदालतमा मुद्दा दायर गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्