२९ जेठ २०८३, शुक्रबार

मकवानपुरको बगुवा खोलामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

जेठ १७, २०८३
हेटौंडा
मकवानपुरको बगुवा खोलामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो । 

खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो । चालकको शव चालक सिटमा नै भेटिएको उनले जानकारी दिए । 

ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका डीएसपी काफ्लेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्