२८ जेठ २०८३, बिहीबार

सुकुम्बासी समस्या समाधानमा प्रधानमन्त्रीको जवाफ– ३५ वर्षको समस्या ३५ दिनमा समाधान हुँदैन

जेठ १७, २०८३
काठमाडौं
सुकुम्बासी समस्या समाधानमा प्रधानमन्त्रीको जवाफ– ३५ वर्षको समस्या ३५ दिनमा समाधान हुँदैन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुकुम्बासी समस्या समाधान गर्न समिति नै बनाएर तीन वटा मन्त्रालयले काम गरिरहेका बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, 'सुकुम्बासीहरूकै ज्यान जोखिममा रहेकाले त्यहाँबाट उहाँहरूलाई स्थानान्तरण गरेका हौँ, अर्कोतर्फ उहाँहरूले गरेको शौच खोलामा पुगेपछि उहाँहरू नै अस्वस्थ हुने देखिएपछि होल्डिङ सेन्टरमा राखेका हौँ ।'

प्रधानमन्त्री बालेनले काठमाडौं उपत्यका भित्रका खोला किनाराका बस्ती एकदमै जोखिमपूर्ण रहेकाले तत्काललाई स्थानान्तरण मात्रै गरेको बताए । 'जो सही सुकुम्बासी हुनुहुन्छ, जसको देशभरि एक धुर वा एक आना जग्गा छैन, उहाँहरूलाई जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ । त्यो हाम्रो र हाम्रो पार्टीको मान्यता हो । त्यो उहाँहरूले पाउनै पर्छ,' प्रधानमन्त्री बालेनले भने, '३५ वर्षमा भएको समस्या ३५ दिनमै नखोजौँ । केही समय लाग्छ ।'

सुकुम्बासी समस्या समाधानको विषयमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीलाई प्रश्न राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्