
झापाको मेचीनगरमा हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिकास्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा काम गर्ने तनहुँका ३५ वर्षीय रामबहादुर गौतम छन् ।
मेचीनगर नगरपालिका- १५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आपसी वादविवादको क्रममा रामबहादुरले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रूद्रको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।