२४ जेठ २०८३, आइतबार

महिलालाई हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ

जेठ १८, २०८३
जाजरकोट
महिलालाई हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक पालिका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिकाका सभापति मोहनविक्रम शाही रहेका छन् ।

एक महिलालाई अपशब्द प्रयोग गरी हातपात तथा कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार शाहीले यही जेठ १६ गते बिहान ८ बजेको समयमा कुशे गाउँपालिका वडा नम्बर ६ घरङ्गास्थित स्वास्थ्य चौकीमा एक महिलालाई हातपात गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट अभद्र व्यवहार कसुर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्