२९ जेठ २०८३, शुक्रबार

निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक

जेठ १९, २०८३
काठमाडौं
निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक

मंगलबारलाई बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयको डेढ घण्टा बितिसक्दा पनि शुरू हुन सकेको छैन ।

मंगलबार दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो २:४० सम्म पनि बस्न सकेको छैन । सभामुख डोलप्रसाद अर्याल बैठक सञ्चालनका लागि आन्तरिक छलफलमा छन् । उनले सत्तापक्ष र प्रतिपक्षसँग परामर्श गरिरहेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्‌मा बोलेको सीमा विवाद सम्बन्धी विषयमा माफी नमागेसम्म सदन चल्न नदिने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको भन्दै विपक्षी दलले विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । 

बालेनको अभिव्यक्तिका विषयमा सडकदेखि सदनसम्म आलोचना र विरोध भइरहेको छ । 

सोमबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन । सभामुख अर्यालले आज मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । 

विपक्षी दलको अवरोधका कारण मंगलबारको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्