२९ जेठ २०८३, शुक्रबार

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः शुरू

जेठ २१, २०८३
चितवन
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः शुरू

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको रोकिएको काम पुनः शुरू भएको छ । 

बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । 

बागमती प्रदेश सरकारबाट नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । रङ्गशाला निर्माणको काम हिमालयन कालिञ्चोक बीबीआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।

धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।  


 

salt training

कमेन्ट गर्नुहोस्