२३ जेठ २०८३, शनिबार

मोदी मेरो असल साथी हुनुहुन्छ, भारतसँग चाँडै व्यापार सम्झौता हुने आशा छ: ट्रम्प

जेठ २२, २०८३
काठमाडौं
मोदी मेरो असल साथी हुनुहुन्छ, भारतसँग चाँडै व्यापार सम्झौता हुने आशा छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै सुमधुर रहेको उल्लेख गर्दै उनले दुई देश व्यापारिक सहमतिमा पुग्ने आशा देखाएका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी चाँडै नै एउटा व्यापार सम्झौतामा पुग्नेछौँ, किनभने मलाई प्रधानमन्त्री नरेन्द्र मोदी धेरै मन पर्छ। उहाँ मेरो असल साथी हुनुहुन्छ र हाम्रो आपसी सम्बन्ध निकै उत्कृष्ट छ।'

प्रधानमन्त्री मोदीसँगको मित्रताको प्रशंसा गरे पनि राष्ट्रपति ट्रम्पले भारतको व्यापार नीतिप्रति भने पुराना असमझदारीहरू फेरि दोहोर्‍याएका छन्। 

भारत र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौताका लागि विगत लामो समयदेखि विभिन्न चरणमा वार्ताहरू भइरहेका छन्। दुई देशबीचको व्यापारिक असमझदारी न्यूनीकरण गर्दै नयाँ सम्झौता गर्ने प्रयास जारी रहे पनि अहिलेसम्म कुनै औपचारिक वा ठोस घोषणा भने हुन सकेको छैन। यद्यपि, राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले आगामी दिनमा भारत र अमेरिकाबीच सकारात्मक व्यापारिक साझेदारी बन्न सक्ने संकेत गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्