२३ जेठ २०८३, शनिबार

जटिल प्रसूति समस्या देखिएपछि महिलाको हवाई उद्धार

जेठ २२, २०८३
काठमाडौं
जटिल प्रसूति समस्या देखिएपछि महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या देखिएपछि रुकुम पश्चिमकी एक महिलालाई थप उपचारका लागि नेपाली सेनाको हलिकप्टरमार्फत उद्धार गरिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार यही जेठ २१ गते मुसिकोट नगरपालिका–१४ निवासी एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेना को हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत आवश्यक परे हवाई उद्धारको व्यवस्था गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्